HomeNepalसुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार?

सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य ४ हजार ९८० रुपैयाँ तोकिएको छ।

बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ थियो। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने एक औँस चाँदी ९० अमेरिकी डलरमा किनबेच भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

spot_img