HomeBreaking Newsरास्वपाबाट उम्मेदवार सिफारिस भएका डा. कुँवरले पार्टी छाडे

रास्वपाबाट उम्मेदवार सिफारिस भएका डा. कुँवरले पार्टी छाडे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका एक नेताले पार्टी परित्याग गरेका छन्। रास्वपाबाट रुपन्देही–१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका हुन्।

कुँवरले पार्टीले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार प्रक्रिया नअपनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सोही कारण आफूले पार्टी छोड्ने निर्णय गरेको उनले बताएका छन्।

रुपन्देही–१ बाट डा. कुँवरसहित छ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो। तर, पार्टीले अन्ततः सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो।

कुँवरका अनुसार उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ संकलन गरिए पनि प्राइमरी इलेक्सन नै नगरिनु, साथै राष्ट्रियता प्रतिको पार्टीको सोच र दृष्टिकोण स्पष्ट नहुनु पार्टी परित्यागको मुख्य कारण बनेको हो।

यसैबीच, उम्मेदवार बनेका सुनिल लम्साल रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा सल्लाहकारको भूमिकामा कार्यरत रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

spot_img